राजनीति

सुवास नेम्वाङको अन्त्येष्टिमा सार्वजनिक बिदा

इकागज |
भदौ २६, २०८० मंगलबार १०:५५ बजे

काठमाडौँ- सांसद तथा पूर्व सभामुख नेम्वाङलाई सरकारले राजकीय सम्मानसहित अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने भएको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले विदा तथा राष्ट्रिय सम्मान दिने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुले इकागजलाई जानकारी दिए । उनका अनुसार अन्त्येष्टि गरेको दिन सार्वजनिक विदा दिने निर्णय भएको छ । 


नेम्वाङको गएराति हृदयघातको कारण निधन भएको हो । उनी इलाम २ बाट प्रतिनिधिसभा सदस्यको रुपमा गत निर्वाचनमा विजयी भएका थिए ।

 

 


Author

थप समाचार
x