राजनीति

'नेम्वाङको निधनले असल संसदीय अभ्यासमा राष्ट्रलाई अपुरणीय क्षति'

इकागज |
भदौ २६, २०८० मंगलबार १४:१८ बजे

विराटनगर । संविधानसभाका सदस्यहरु सम्बद्ध संविधानसभा सदस्य परिषद् नेपालले सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले असल संसदीय अभ्यासमा राष्ट्रले अपुरणीय क्षति व्यहोर्नुपरेको जनाएको छ । मंगलबार बिहान नेम्वाङको हृदयघात भई निधन भएपछि परिषद्ले विज्ञप्ति मार्फत शोक व्यक्त गरेको हो ।

परिषद्का महासचिव संविधानसभा सदस्य एवं प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले मङ्गलबार जारी गरेको शोक विज्ञप्तिमा नेम्वाङको निधनले राष्ट्रले अपूरणीय क्षति व्यहोर्नु परेको उल्लेख छ ।'संविधान सभाका अध्यक्ष नेम्वाङको निधनबाट संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण र असल संसदीय अभ्यासमा राष्ट्रले अपूरणीय क्षति व्यहोर्नु परेको छ'


विज्ञप्तिमा भनिएको छ, 'नेम्वाङ संसदीय अभ्यासका अनुकरणीय व्यक्तित्व, समन्वय, सद्भाव र एकताका प्रतिक हुनुहुन्थ्यो, वहाँको निधनले हामी मर्माहत भएका छौं ।'

नेम्वाङले संविधान सभाको अध्यक्ष रही संविधान सभाबाट नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणमा अतुलनीय योगदान पुर्याएको महासचिव पोखरेलले बताए ।


Author

थप समाचार
x