राजनीति

नेम्वाङको निधनका कारण बुधबारको प्रतिनिधिसभा बैठक सर्‍याे

इकागज |
भदौ २६, २०८० मंगलबार १६:२८ बजे

काठमाडौँ– बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको छ । संविधान सभा अध्यक्ष, पूर्वसभामुख तथा वर्तमान प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधनका कारण बुधबारका लागि तय भएको बैठक बिहीबार बस्नेगरी सरेको हो । 

बैठक भदौ २८ गते दिउँसो ३ बजे बस्ने छ । 


नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको मंगलबार बिहान काठमाडौँमा हृदयघातबाट निधन भएको थियो । उनको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय सरकारले गरेको छ । यस्तै उनको अन्तिम संस्कार गरिने दिनमा देशैभर सार्वजनिक बिदा दिने निर्णय पनि सरकारले गरेको छ । 


Author

थप समाचार
x