‘पैसाको नम्बरलाई काेड मानेर गरिन्छ सुन तस्करी’ सिआइबी
काठमाडौं– ६० केजी सुन तस्करका गिरोहले हङकङ देखि नै कोड नम्बरको प्रयोगबाट सुन तस्करी गर्ने गरेको सिआइबीको पअनुसन्धानबाट खुलेको छ । उनीहरुले नेपाली वा भारतीय कसनै नोटको नम्बरलाई आफ्नो कोड नम्बर बनाएर सुन तस्करी गर्ने गरेको खुलेको हो ।
हङकङबाट सुन पठाउनेले नै एउटा नोट दिएर त्यसको नम्बरलाई कोड मानेर सुन तस्करी हुने गरेको पाइएको सिआइबीको दाबी छ । ‘ हङकङको मान्छेले त्यो नोट वठाउँछ । त्यो लिएर आउनेसँग भेरिफाई गर्छ अनि मात्रै डेलिभरी हुन्छ ।’ सिआइबीका अधिकारीले पत्रकार सम्मेलनमा भने ।
उनीहरुले सुन नेपालमा रिसभि गरेपछि लाजिम्पाट या टोखा गोदामका व्यक्तिहरुले सुन रिसिभ गर्थे । उनीहरुले सुनलाई गालेर विक्री वितरण गर्ने गरेको पाइएको सिआइबीले जनाएको छ ।
‘बीच्मा धेरै व्यक्तिहरु संलग्न देखिन्छ,’ सिआइबी भन्छ, ‘तर एकले अर्कालाई चिन्दैनन्, कोड वाला नोट बोकेर गएको मान्छे भएपछि भेरिफाई हुन्छ अनि कारोबार हुने गरेको पाइयो । हङकङको मान्छेले त्यो नोट वठाउँछ । त्यो लिएर आउनेसँग भेरिफाई गर्छ अनि मात्रै डेलिभरी हुन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया