राजनीति

ढाकाकुमार श्रेष्ठको बारेमा भ्रम सिर्जना गर्ने पक्राउ

इकागज |
भदौ २८, २०८० बिहीबार १८:५६ बजे

पोखरा । पूर्व सांसदका बारेमा सामाजिक सञ्जालमा झुट्टा सूचना सम्प्रेषण गर्ने एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । 

उक्त आरोपमा स्याङ्जाको आँधीखोला गाउँपालिका ५ ठुलीबराहाका ३५ वर्षीय सुर्यबहादुर रेग्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान सांसद डा. ढाकाकुमार श्रेष्ठको बारेमा गलत सूचना फैलाएको आरोपमा उनलाई पक्राउ गरि विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कसूर साईबर अपराधअन्तर्गत थप अनुसन्धान प्रकृया अगाडी बढाईएको उनले जानकारी दिए । 


पक्राउ परेका रेग्मीले सामाजिक सञ्जालमा रास्वपाका निवर्तमान सांसद डा. श्रेष्ठलाई अज्ञात समुहले घाईते बनाएको र अवस्था चिन्ताजनक रहेको गलत सूचना सम्प्रेषण गरेका थिए । सूर्य रेग्मी नाम गरेको फेसबुक आईडीबाट फोटो समेत पोष्ट गरी समाजमा अराजकता, आत्म सम्मान माथी आघात पु¥याउने गरी भ्रम फैलाउने र मेरो जीउ ज्यानको सुरक्षामा समेत असर परेको भन्दै डा. श्रेष्ठले प्रहरीमा उजुरी दिएका थिए ।


Author

थप समाचार
x