संयुक्त राष्ट्रसंघको महासभामा जान लागेको बारे प्रधानमन्त्रीले संसदलाई गराए जानकारी
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेर संयुक्त राष्ट्रसंघको महासभामा जान लागेको बारे जानकारी गराएका छन्।
भ्रमणका लागि आफूले सकेसम्म सानो र छरितो प्रतिनिधि मण्डल बनाएको प्रधानमन्त्रीले जानकारी दिए । संयुक्त राष्ट्रसंघको महासभामा प्रचण्डले असोज ४ गते सम्बोधन गर्ने कार्यसूची छ ।
प्रधानमन्त्री महासभामा भाग लिन शनिबार अमेरिका जाने कार्यक्रम छ । त्यस्तै, उनले संसद् बैठकमा अमेरिकाबाटै असोज ५ गते चीन भ्रमणका लागि हिँड्ने जानकारी पनि गराए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया