राजनीति

असोज १४ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

इकागज |
भदौ २९, २०८० शुक्रबार १३:४६ बजे

काठमाडौँ– संघीय सदनअन्तर्गतको प्रतिनिधिसभा आगामी असोज १४ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले अर्को बैठक असोज १४ गते आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको जानकारी दिए । 

शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो संयुक्त राष्ट्रसंघको महासभामा हुने उपस्थिति र चीन भ्रमणबारे जानकारी गराएका थिए । उनको सदनमा राखेको अमेरिका र चीन भ्रमण प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको छ । यस लगत्तै आजको बैठक स्थगित भएको हो । 


भ्रमणका लागि आफूले सकेसम्म सानो र छरितो प्रतिनिधि मण्डल बनाएको प्रधानमन्त्रीको भनाइ छ । संयुक्त राष्ट्रसंघको महासभामा प्रचण्डले असोज ४ गते सम्बोधन गर्ने कार्यसूची छ । उनी अमेरिकाबाटै असोज ५ गते चीन भ्रमणका लागि हिँड्नेछन् । 


Author

थप समाचार
x