राजनीति

कोभिडले पूर्वसांसद न्यौपानेको निधन

इकागज |
जेठ १३, २०७८ बिहीबार १२:११ बजे

फाइल फोटो

काठमाडौँ : पूर्वसांसद रत्नप्रसाद शर्मा न्यौपानेको निधन भएको छ । सशस्त्र प्रहरी अस्पताल काठमाडौँमा उपचार गराइरहेका उनको बुधबार राती मृत्यु भएको हो ।

शुरुमा कोभिड सङ्क्रमणका कारण बिरामी भएका न्यौपाने पछि फोक्सोमा निमोनिया भएर गम्भीर बिरामी भएका थिए । वैशाख २३ गते वीरेन्द्र प्रहरी अस्पताल काठमाडौँमा उपचारका लागि भर्ना भएका न्यौपानेको अवस्था गम्भीर भएपछि सशस्त्र प्रहरी अस्पतालको आइसीयूमा राखिएको थियो ।


अवस्था झनै गम्भीर भएपछि न्यौपानेलाई १० दिनदेखि भेन्टिलेटर राखेर उपचार गराइरहेका छोरा मदनले बताए । मदनका अनुसार न्यौपानेको पछिल्लो कोभिड रिपोर्ट नेगेटिभ आएको थियो भने उनमा निमोनिया देखिएको थियो ।

छेडागाड नगरपालिका–६ सुवानाउलीका न्यौपाने विसं २०५६ को प्रतिनिधिसभा सदस्यमा एमालेको तर्फबाट जाजरकोट क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।  अहिले एमालेको कर्णाली प्रदेश समिति सदस्य, एमाले निकट किसान महासङ्घका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेशका इन्चार्जको भूमिकामा थिए । रासस


Author

थप समाचार
x