युवा संघले बनायो निजगढका विद्यालयमा सडक जेब्रा क्रसिङ
बारा - राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटीले निजगढ नगरपालिकाका विद्यालयका सडकहरूमा जेब्रा क्रसिङ निर्माण थालेको छ ।
बढी भीडभाड हुने र सडकमा जेब्रा क्रसिङ नहुँदा दुर्घटना बढ्न थालेपछि विद्यार्थीलाई सजिलो होस् भनेर बाटो क्रस गर्ने स्थानलाई मध्य नजर गर्दै जेब्रा क्रसिङ निर्माण गरिएको राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटीका अध्यक्ष घनश्याम तिमल्सिनाले बताए । निजगढका विद्यालयका मुख्य भित्री सडकमा समेत पर्ने भएकोले सो सडकमा जेब्रा क्रसिङ अनिवार्य भएकोले नगरका सबै विद्यालयका सडकमा जेब्रा क्रसिङ निर्माण गर्ने अध्यक्ष तिमल्सिनाले बताए ।
विद्यालय क्षेत्र तथा अन्य क्षेत्रमा स–साना विद्यार्थी समेत बाटो काट्न पर्ने, वृद्धवृद्धाहरुलाई समेत बाटो काट्न सकस देखिएको र दुर्घटना समेत हुने देखिएको हुँदा दुर्घटनालाई न्यूनीकरण गर्न जेब्रा क्रसिङ निर्माण गरिएको राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्य इराज कोइरालाले जानकारी दिए । उनले भने, “साथी भाई, संघसस्था तथा क्लबले सामान्य खर्चमा गर्न सकिने यस्ता कार्य जुन फरक छ र हेर्दा सामान्य देखिए तापनि ठूलो अर्थ राख्छ यस्ता कार्य सबैले गदै जाने हो भने परिवर्तन र विकास दुवै हुन्छ भने सोचका साथ यो कार्य गरिएको हो र युवा संघले आगामी दिनमा समेत यस्ता गतिविधिलाई निरन्तरता दिने राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्य कोइरालाले जानकारी दिए ।
राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटीले श्री शिवशक्तेश्वर आधारभुत विद्यालय निजगढ–१३ डम्वरपुर, श्री भगवती आधारभुत विद्यालय निजगढ–१३ भक्तलाल, पेरिक एकडेमिक निजगढ–१३ भक्तलाल, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निजगढ–११ रतनपुर, श्री लोकप्रिय आधारभुत विद्यालय निजगढ–२ सिंगौल, श्री शिक्षाशक्ति नमुना आधारभुत विद्यालय निजगढ–१ सिंगौल, श्री जनकल्याण विद्यालय निजगढ–४ गोलो घर, श्री जन जागृति आधारभुत बिद्यालय निजगढ–५ खोल्माटोल, श्री सार्वजनिक माध्यमिक बिद्यालय निजगढ–५ वाग्देव, श्री बाल बिकाश आधारभुत.विद्यालय निजगढ–६ धियालटोल, श्री नेत्रोदय माध्यामिक विद्यालय निजगढ–७ योजनाटोल, अस्थायी प्रहरी पोस्ट सिंगौल निजगढ–२ सिंगौल, श्री शक्तेश्वर शिवशक्ति विद्यालय निजगढ–७, विध्या सागर बेडिङ्ग स्कुल निजगढ–७, श्री गौरी शंकर माध्यामिक विद्यालय निजगढ–८ गौरी शंकर टोल, श्री गौरी शंकर माध्यमिक विद्यालय निजगढ–६ सडकटोल, गौरी शंकर क्याम्पस निजगढ– ९, श्री जनज्योति आधारभुत.विद्यालय निजगढ–९ लगाएतका स्थानमा जेब्रा क्रसिङ बनाईयको छ ।
जेब्रा क्रसिङ निर्माणले निश्चित स्थानबाट यात्रुहरूलाई बाटो काट्न मद्दत गर्दै दुर्घटनालाई नियन्त्रणमा सहज गराउन मदत पुग्ने व्यवसायी तथा आम जनताको बुझाई छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया