राजनीति

संविधान दिवसलाई तमलाेपाले किन लिँदैछ 'ब्ल्याक डे'काे रुपमा ?

इकागज |
भदौ ३१, २०८० आइतबार २२:५१ बजे

जनकपुरधाम । सरकारले तीन दिनसम्म संविधान दिवस मनाउने निर्णय गरेकाे अवस्थामा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलाेपा) ले भने कालाे दिवस मनाउने भएकाे छ । आइतबार तमलाेपाकाे बसेकाे केन्द्रीय कमिटीकाे बैठकबाट संविधान विभेदकारी रहेकाले संविधान दिवस मनाउने दिन असाेज ३ कालाे दिवस मनाउने निर्णय भएकाे कार्यवाहक अध्यक्ष डा. विजयकुमार सिंहले जानकारी दिए।

उनका अनुसार  तमलाेपाले बुधबार बिहान कालो झण्डा र बेलुकी जनक चौकमा सार्वजनिक रूपमा विरोध कार्यक्रम गरी "असोज ३ गतेलाई कालो दिन "मनाउनेछ ।
अध्यक्ष सिंहले भन्ने मधेश र उत्पीडन परेका तथा पिछडिएकाे वर्गकाे अधिकार समेट्न नसक्दा संविधान विभेदकारी रहेकाे हाम्राे ठहर छ । जबसम्म सबै वर्गकाे अधिकार समेटिदैन तबसम्म हाम्राे असन्तुष्टि रहने नै छ र संविधान जारी भएकाे दिनलाई कालाे दिवसकाे रूपमा तमलाेपा मनाउंदै जानेछ ।''



Author

थप समाचार
x