उपभोक्ताको हित संरक्षणका दृष्टिले वर्तमान सरकार गैरजिम्मेवार छ : ओली
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपभोक्ताको हित संरक्षण गर्ने कर्तव्य प्रमुख रूपमा सरकारको भए पनि वर्तमान सरकार उपभोक्ताप्रति गैरजिम्मेवार रहेको बताएका छन् ।
एमाले केन्द्रीय उपभोक्ता हित तथा सुशासन विभागद्वारा आज पार्टी कार्यालय, च्यासलमा आयोजित ‘बढ्दो महङ्गी र उपभोक्ता हितको सवाल’ विषयक विचार गोष्ठीमा अध्यक्ष ओलीले एमाले प्रतिपक्षमा हुँदा पनि उपभोक्ताप्रतिको आफ्नो कर्तव्य पूरा गर्ने बताए ।
जनताले कुशासन भोग्न नपरोस्, शान्ति सुरक्षा पाउन्, जनताका सबै खालका अधिकार सुरक्षित हुनुपर्छ भनेरै आफू राजनीतिमा लागेको स्पष्ट गर्दै अध्यक्ष ओलीले जनताको सम्मानित, सुखी जीवनका लागि नै ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई गन्तव्य बनाएर अगाडि बढेको बताए ।
उनले मानव जाति नै उपभोक्ता भएको र आर्थिक रूपमा कमजोर उपभोक्ता मूल्य बृद्धि हुँदा बढी मर्कामा पर्ने बताउँदै कमजोरलाई माथि उठाउन गरिबी निवारण पहिलो प्राथमिकताको विषय हुनुपर्ने धारणा राखे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया