राजनीति

व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्न हाम्रो पार्टीले पहलकदमी लिएको हो -माधव नेपाल

इकागज |
असोज १, २०८० सोमबार १६:४१ बजे

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले व्याख्यात्मक टिप्पणीसहित अमेरिकन सहयोग परियोजना (एमसीसी) पारित गर्न आफ्नो पार्टीले पहलकदमी दाबी गरेका छन् । सोमबार पार्टी निकट नेवाः संघको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपालले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित नगरिएको भए मुलुकको कानुन तल पर्ने बताए । 

‘व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित नभएको भए नेपालको हात तल पर्थ्यो । नेपालको कानुन नतमस्तक हुनुपर्थ्यो । हामी आफ्नो अडान अगाडि सार्न सक्ने हैसियतमा हुने थिएनौँ,’ उनले भने, ‘हाम्रै पार्टीको पहलकमदीमा व्याख्यात्मक टिप्पणी ल्याएर देशको स्वाभिमानको रक्षा गरेका छौँ । असंलग्न परराष्ट्र नीतिको रक्षा गरेका छौँ ।’


एमसीसी अस्वीकार नगरेर नेपाललाई फाइदा भएको उनको भनाइ छ । 
 


Author

थप समाचार
x