संविधानको रक्षा गर्न सबै समाजवादी शक्तिहरू एकजुट होऔँ : भट्टराई
काठमाडौँ– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संविधानका आधारभूत तत्वको रक्षा गर्न सम्पूर्ण अग्रगामी, लोकतान्त्रिक र समाजवादी शक्तिहरूलाई एकजुट हुन आग्रह गरेका छन् । संविधान दिवसको अवसरमा सामाजिक सञ्जाल ट्वीटरमा एउटा पोस्ट लेख्दै नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले संविधानका आधारभूत तत्वको रक्षा सबै एकजुट हुनुपर्ने बताए ।
उनले संविधानका शासकीय स्वरुपलगायत कमजोर पक्षमा सुधार गर्दै देशलाई तीव्र गतिमा सुशासन र समृद्धिको दिशामा अगाडि बढाउने कार्यमा एकजुट हुन पनि सबैसँग अपील गरेका छन् । भट्टराईले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी लोकतन्त्र संविधानरुपी खाटका चार प्रमुख खुट्टा भएको र एकमात्र कमजोर हुँदा पूरै खाट ढल्न सक्ने बताएका छन् ।
‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी लोकतन्त्र हाम्रो संविधानरूपी खाटका चार प्रमुख खुट्टा हुन् । यीमध्ये कुनै एक कमजोर हुँदा वा ढल्दा पूरै खाट ढल्छ भन्ने राम्ररी बुझौँ,’ उनले लेखेको छन्, ‘संविधानलाई यसभित्रबाट अन्तर्घात गरेर वा बाहिरबाट षड्यन्त्र गरेर भत्काउन खोज्नेहरूलाई परास्त गरौं ।’
उनले आजको दिनलाई नेपाली जनता इतिहासमा पहिलो पटक सार्वभौम भएको दिनको रुपमा चित्रण गरेका छन् । उनले संविधान दिवसको उपलक्ष्यमा शुभकामना दिँदै सम्पूर्ण वीर शहीद बेपत्ताजनको र घाइते योद्धाहरुमा सम्मान प्रकट गरेका छन् ।
नेपाली जनता इतिहासमा पहिलो पटक सार्वभौम बनेको दिन संविधान दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना! वीर शहीद,वेपत्ताजन,घाइते योद्धाहरूमा उच्च सम्मान!
— Baburam Bhattarai (@brb1954) September 20, 2023
गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता र समानुपातिक समावेसी लोकतन्त्र हाम्रो संविधानरूपी खाटका चार प्रमुख खुट्टा हुन्!यीमध्ये कुनै एक… pic.twitter.com/RPDEtQP5lD
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया