शिक्षकको आन्दोलनले सांसद अनुपस्थित, दुई समितिको बैठक स्थगित
काठमाडौं– गणपूरक संख्या नपुगेपछि बिहीबार बोलाइएको केही संसदीय समितिहरु स्थगित भएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ र अन्तराष्ट्रिय समिति गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको हो ।
शिक्षकहरुको आन्दोलनका कारण यातायात क्षेत्र अस्तव्यस्त भएपछि सांसदहरु समयमा नै समितिमा आउन नसकेका हुन् । विद्यालय शिक्षा ऐनको विरुद्धमा शिक्षकहरुले माइतीघरदेखि नयाँबानेश्वरसम्म गरिरहेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायात क्षेत्र अस्तव्यस्त भएको छ । स्थगित समितिको बैठक अर्को मितिमा बस्ने संसद सचिवालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया