राजनीति

शीर्ष तहबाट कोशी प्रदेशको समस्या समाधान गरी राजनीतिक स्थिरता दिनुपर्छ : नेता थापा

इकागज |
असोज ४, २०८० बिहीबार १८:३२ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली काँग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले शीर्ष नेतृत्वबाट मात्रै कोशी प्रदेशमा मध्यावधिमा जानबाट रोक्न सकिने बताएका छन् ।

बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले कोशी सरकार गठन समस्याका रूपमा रहेको बताए । उनले शीर्ष तहबाट कोशी प्रदेशको समस्या समाधान गरी राजनीतिक स्थिरता दिनुपर्ने बताए । उनले कोशी प्रदेशमा राजनीतिक अस्थिरताका कारण विकास निर्माण ठप्प भएको बताए । उनले कांग्रेसले मध्यावधिमा जान नचाहेको भन्दै मध्यावधिमा गएर मात्रै समस्या समाधान हुने नभएको स्पष्ट पारे ।  


कांग्रेस नेता थापाले प्रदेशलाई अधिकारसम्पन्न नबनाए संघीयता कमजोर हुने बताए । उनले प्रदेश कमजोर हुँदा संघीयता कार्यान्वयनमा समस्या आउने बताए ।

नेता थापाले नेपाली कांग्रेसको विधानभित्र प्रदेश संरचना निर्माण भए पनि प्रदेश सभापतिलाई क्रियाशीलसम्म दिने अधिकार नरहेको बताए । संघीयतालाई सफल बनाउने र संविधानको क्रियाशीलता चाहने हो भने प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताए ।

 


Author

थप समाचार
x