शान्ति प्रक्रियालाई दाउपेचको विषय नबनाऔँ, छिटो टुंग्याऔँ : अध्यक्ष तिमिल्सिना
फाइल तस्बिर
काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित ‘विस्तृत शान्ति सम्झौता (२०६३) कार्यान्वयनका १७ वर्ष : उपलब्धि, चुनौती र अबको बाटो’ विषयक अन्तर्क्रियामा बोल्दै उनले शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताएङ्का हुन् ।
अध्यक्ष तिमिल्सिनाले शान्ति प्रक्रियालाई नेपालका राजनीतिक दलहरू आफैँ सक्षम भएर टुंगोमा पुर्याउनुपर्ने बताए । शान्ति प्रक्रिया टुंग्याउनुपर्ने विषयमा सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने र कुनै पनि अन्तर्राष्ट्रिय समुदायलाई दोष दिनु नहुने उनको भनाइ छ ।
तिमिल्सिनाले शान्ति प्रक्रियालाई दाउपेचको विषय बनाउनु नहुने बताए । उनले पीडितहरूसँग समेत छलफल गरेर उनीहरूले न्याय पाउने गरी शान्ति प्रक्रियाको विषय टुंगिनुपर्नेमा जोड दिए । नेपालका राजनीतिक दलहरू एक ठाउँमा उभिएर प्रक्रिया टुंगोमा पुर्याए अन्तर्राष्ट्रिय समुदायको चासोलाई सम्बोधन गर्न पनि सकिने उनले बताए ।
उनले पुरानो घाउलाई बल्झाइरहन नहुने भन्दै अब भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न लाग्नुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया