राजनीति

शेखर कोइरालालाले भनेः गणतन्त्र स्थापना गर्ने शिक्षक सडकमा आउनु दुर्भाग्य

इकागज |
असोज ५, २०८० शुक्रबार १२:० बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य शेखर कोइरालाले शिक्षकहरूको माग व्यवहारिक, कानूनी र संवैधानिक रहेको बताएका छन् । उनले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै शिक्षकको माग संवैधानिक रहेको उल्लेख गरेका हुन् ।

दक्ष जनशक्ति उत्पादनमा तल्लो कक्षाबाटै राम्रो शिक्षा दिनुपर्नेसमेत बताएका हुन् । ‘ व्यवहारिक कारणले त्यसो हुन सकेको देखिन्न । यस्ता मागहरू तुरुन्त सम्बोधन गरौं,’ उनले भनेका छन्,’ कानूनी रुपमा शिक्षा क्षेत्र सबल गराउन शिक्षकहरुको भूमिकाको उच्च मुल्यांकन गर्दै विधेयकमा आवश्यक प्रावधान समेटौं र यो आन्दोलन आजै सहमतिमा टुंग्याउँ ।‘


कोइरालाले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अग्रमोर्चामा रहेका शिक्षकहरू विद्यालय बन्द गरेर आफ्नो अधिकारका लागि सडकमा आउँन बाध्य हुनु दुर्भाग्य रहेको बताएका छन्।

संवेदनशील विषयमा सरकार जिम्मेवार बनोस र तुरुन्त समस्या समाधान गर्न उनले आग्रह गरेका छन् ।

 

 

 


Author

थप समाचार
x