राजनीति

सरकारसँग भएको सहमतिप्रति असन्तुष्टि : राहत शिक्षक अझै सडकमा

इकागज |
असोज ६, २०८० शनिबार १४:२ बजे

काठमाडौं– सरकारसँग भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकहरुले शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ । शिक्षक महासंघ र केही संगठनले राहत शिक्षकको मागलाई बेवास्ता गर्दै सरकारसँग सहमति गरेको भन्दै उनीहरुले शनिबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । 

शुक्रबार सरकार र शिक्षकका प्रतिनिधिको छलफलबाट संसदमा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको थियो । तर समझदारीमा राहत शिक्षकको मागलाई समावेश गर्न नमान्दा आफूहरु आन्दोलनलाई निरन्तरता दिने अवस्थामा पुगेको राहत शिक्षकहरुले बताएका छन् ।


२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनुवाई नरहेको उनीहको भनाइ छ । सरकारसंगको वार्ताका क्रममा आफ्ना माग र मुद्धाहरु अघि सार्दा सम्बोधन गर्न सरकार तयार नभएकाले उक्त सहमति आफूहरुलाई स्वीकार्य नभएको बताएका छन् ।

उनीहरुले वार्ताका क्रममा आफूहरुलाई गृहमन्त्रीले दुव्र्यवहार गरेको आरोप लगाएका छन् । त्यस्तै राहत शिक्षकहरुले आफ्ना मागहरु पूरा नभएसम्म विद्यालयहरु नफर्कने र आन्दोलन जारी राख्ने जनाएका छन् ।
 


Author

थप समाचार
x