राजनीति

क्यानको नवनिर्वाचित कमिटीलाई कार्यवाहक प्रधानमन्त्री खड्काले दिए बधाई

इकागज |
असोज ६, २०८० शनिबार २१:१५ बजे

काठमाडौँ- कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज सम्पन्न नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय साधारणसभा तथा अधिवेशनबाट निर्वाचित अध्यक्ष र पदाधिकारीहरूलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिएका छन् ।​

कार्यवाहक प्रधानमन्त्री खड्काले सामाजिक सञ्जाल मार्फत अध्यक्षमा निर्वाचित चतुरबहादुर चन्द, सचिवमा निर्वाचित पारस खड्कासहित नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।​


कार्यवाहक प्रधानमन्त्री खड्का शुक्रबार सुरु भएको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय साधारणसभा तथा अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।


Author

थप समाचार
x