राजनीति

राजनीतिप्रति नकारात्मक प्रवृत्ति हाबी छ : सञ्चारमन्त्री शर्मा

इकागज |
असोज ७, २०८० आइतबार १४:२२ बजे

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिप्रति नकारात्मक प्रवृत्ति हाबी भएको बताएकी छिन् ।​ आइतबार सिंहदरबारमा भएको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

मन्त्री शर्माले सकारात्मक प्रवृत्ति किनारामा हुँदा नकारात्मकता हाबी भएको भनाइ राखिन् । उनले पत्रकारिता क्षेत्रमा पत्रकारिता कसरी टिकाउने भन्ने चुनौती रहेको पनि उल्लेख गरिन् । उनले पछिल्लो समय सूचना प्रविधिमा आएको विकासबाट सही सदुपयोग हुन नसक्दा आएका नकारात्मकताले झनै चुनौती थपेको बताइन् ।


शर्माले सञ्चार क्षेत्रलाई थप व्यवस्थित बनाउन जरुरी रहेको बताइन् । उनले सञ्चार क्षेत्रसँग सम्बद्ध, नियम, कानुन, ऐनलाई सरकारले व्यवस्थित बनाएर अघि बढ्ने प्रतिबद्धता जनाइन् ।

जनताको अवस्था सही बनाउन नसके बोलेर मात्रै व्यवस्था ठीक छ भन्न नसकिने मन्त्री शर्माकाे भनाइ छ । हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार, २०८० बाट कान्तिपुर टेलिभिजनका पत्रकार महेश केसी र नेपाल टेलिभिजनका शिव सिलवाललाई सम्मान गरिएको छ । 


Author

थप समाचार
x