शिक्षा विधेयकमा सभामुखीय भूमिका निर्वाह गर्छु : देवराज घिमिरे
काठमाडौँ- सभामुख देवराज घिमिरेले शिक्षा विधेयकका सम्बन्धमा विधेयकलाई अगाडि बढाउन सभामुखको भूमिका अनुसार अघि बढ्ने बताएका छन् ।
सात दिने आयरल्यान्ड भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका सभामुख घिमिरेले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै विधेयकलाई अगाडि बढाउन सभामुखीय भूमिका निर्वाह गर्न बताएका हुन् ।
उनले विधेयक सदनमा लैजाने, छलफल गर्ने, सहमति गर्ने, सहमति भएन भने प्रक्रियाबाट टुङ्ग्याउने काम हुने जिकिर गरे ।
त्यस्तै सभामुख घिमिरेले भ्रमणका क्रममा नेपाली विद्यार्थीहरूका लागि सहज भिसा तथा छात्रवृत्तिको व्यवस्थाबारे छलफल भएको जानकारी दिए । नेपाली दक्ष तथा अदक्ष जनशक्तिका लागि रोजगरीको अवसर सिर्जना गर्ने, बेलायतको भिसा भएका नेपालीहरूलाई आयरल्याण्ड भ्रमणमा सहजीकरण गर्ने र आगामी दिनमा नेपालबाटै आयरल्याण्डका लागि भिसाको प्रबन्ध गर्नेबारे पनि छलफल भएको बताए ।
त्यस्तै एक अर्का देशका नागरिकहरूको भ्रमण, नेपालको हिमाल र सगरमाथा हेर्ने र आरोहणका लागि प्रोत्साहनबारे कुरा गरेको उनले बताए ।आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको निमन्त्रणामा भदौ ३१ गते आयरल्यान्ड प्रस्थान गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया