नेपाली सेनाका सहायक रथी अधिकारीको म्याद थपप्रति सांसद पन्तको आपत्ति
फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको म्याथ थप गरिएको प्रति आपत्ति जनाएका छन् ।
आइतबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको दोस्रो पटक म्याद थप गरिएको प्रति आपत्ति जनाएका हुन् । अधिकारी माओवादी जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका हुन् । उनले नेपाली सेनामा कुनै एक अधिकृतको दोस्रो पटक म्याद थप भएको यो पहिलो घटना भएको भन्दै यस विषयमा रक्षा मन्त्रीको जवाफ माग गरे ।
पन्त,ले माओवादीबाट नेपाली सेनामा आएकाहरूलाई पक्षपात र भेदभाव गर्नु नहुने तर विशेष रूपले काखी पनि च्याप्नु नहुने बताए । दुई पटक म्याद थप गरेर सरकारले गलत नजिर स्थापित गराएको उनकाे भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया