अख्तियारसम्बन्धी विधेयकमाथि राज्य व्यवस्था समितिमा छलफल
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि राज्य व्यवस्था समितिमा छलफल छलफल सुरु भएको छ ।
सिंहदरबारमा आइतबार बसेको बैठकमा उक्त विधेयकमाथि दफावार छलफल भएको हो । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले समितिमा दफावार छलफल भएपछि विधेयक समृद्ध बन्ने धारणा राखे । सबै भ्रष्टाचारलाई नियन्त्रण गर्दै सुशासन कायम गर्न सबै एकमत रहेको उनको भनाइ छ । उनले भ्रष्टाचारविरुद्धको अभियान र शून्य सहनशिलता अपनाउन विधेयक महत्वपूर्ण हुने जिकिर गरे ।
त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले २०७६ सालमा पेस ८० सालमा समेत पारित हुन नसकेको अवस्थामा अब गम्भीर भएर छलफल गरी टुङ्गोमा पुर्याउनुपर्ने बताइन् । नेपालबाट भ्रष्टाचार उन्मूलन गर्नका लागि अब बन्ने कानुन महत्वपूर्ण हुने उनको भनाइ छ ।
राष्ट्रियसभाले उक्त विधेयकमा १२ वटा बुँदामा संशोधन गरेको थियो भने प्रतिनिधिसभामा भने २७ वटा संशोधन परेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया