राजनीति

सरकारमा गएर पनि जनतामा आशा जगाउन सकेनौँ : कांग्रेस केन्द्रीय सदस्य खतिवडा

इकागज |
असोज ८, २०८० सोमबार १४:३३ बजे

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद रामहरि खतिवडाले जनता निराश भएको बेला कार्यसमितिको बैठक बसेको बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको चाैथो दिनको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

खतिवडाले कार्यसमितिको बैठक लगत्तै महासमितिको बैठक हुने र त्यसलाई नीति अधिवेशन भन्ने कि भनेर छलफल चलेको प्रसंग समेत जोडे । उनले भने, ‘हामी यसलाई बिरालो बाँधेर गर्ने श्राद्ध जस्तो कुरामा सीमित गर्नुहुँदैन । महासमितिको बैठकलाई नीति अधिवेशन भन्ने कि भनेर प्रसंग चलेको छ ।’


उनले देशको अर्थतन्त्रको अवस्था निकै कमजोर भएको बताए । उनले भने, ‘सरकारमा गएर पनि हामीले जनतामा आशा जगाउन सकेका छैनौँ । कुनै नयाँ कार्य गरेर अगाडि बढ्न सकेका छैनौँ ।’

गठबन्धनको आवश्यकता औंल्याउँदै सांसद खतिवडाले कांग्रेस नभएको भए गठबन्धन नहुने समेत बताएका छन् । 

उनले गाउँका मात्र नभएर सहरका युवाहरू समेत यूरोप, अष्ट्रेलीया गएर बा–आमा बित्दा समेत दाहसंस्कार गर्न कुर्नुपर्ने कुरालाई जोड्दै कांग्रेसले युवालक्षित कार्य गर्नुपर्ने आवश्यकता रहेको औंल्याए । उनले भने, ‘युवाहरू विदेश पलायन हुन नदिनका लागि कांग्रेसले सोही अनुरूप काम गर्नुपर्छ ।’


Author

थप समाचार
x