राजनीति

देशलाई मिलाएर अघि बढाउनुको विकल्प छैन : राष्ट्रपति पौडेल

इकागज |
असोज ८, २०८० सोमबार १७:३६ बजे

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले देशलाई मिलाएर अघि बढाउनुको विकल्प नभएको बताएका छन् ।

सोमबार जनकपुरधाममा आयोजित अभिनन्दन कार्यक्रममा राष्ट्रपति पौडेलले मुलुकको राष्ट्रियतालाई बलियो बनाउन देशलाई मिलाएर अघि बढाउनुको विकल्प नभएको बताएका हुन् । राष्ट्रियतालाई बलियो बनाएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने उनकाे भनाइ छ ।


संघ, प्रदेश र स्थानीय तहको अधिकार नमिलेको भन्दै राष्ट्रपति पौडेलले यसलाई मिलाउन राजनीति दलहरू गम्भीर हुनुपर्ने धारणा राखे । जनताको ठूलो बलिदानबाट प्राप्त भएको सङ्घीयतालाई मजबुत बनाउन आवश्यक पर्ने कानुनको निर्माणमा ढिलाइ हुन नहुने उनले बताए ।

उनले आफूले सबै धर्म, संस्कृति तथा परम्पराप्रति उत्तिकै सम्मान गरेर पदको गरिमा बढाउने प्रयास गरेको उल्लेख गरे ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाले राष्ट्रपति पौडेललाई जनकपुरधामवासीको तर्फबाट नागरिक अभिनन्दन  गरेको थियो । 


Author

थप समाचार
x