ईःसँग यथाशीघ्र वार्ता गर्न डा. भट्टराईको आग्रह
काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सडक व्यापारीको बाँच्न पाउने अधिकारका लागि ८ दिनदेखि आन्दोलनरत अभियन्ता ईःसँग काठमाडौँ महानगरले यथाशीघ्र वार्ता गर्नुपर्ने बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट लेख्दै भट्टराईले शहरका गरिब र सडक व्यवसायीहरूको समस्या समाधान गर्नुपर्ने माग उठाइरहेका ‘ई’ लगायतका सत्याग्रहीहरूसँग यथाशिघ्र वार्ता गरेर समस्या समाधान गर्न आग्रह गरेका हुन् ।
सबैले सम्मानजनक जीवन बाँच्न पाउने व्यवस्था होस् भन्दै उनले लेखेका छन्, ‘१९९ घण्टा लगातार काठमाडौँ महानगरपालिका कार्यालयबाहिर उभिएर शहरका गरिब र सडक व्यवसायीहरूको समस्या समाधान गर्नुपर्ने माग उठाइरहेका ‘ई’ लगायतका सत्याग्रहीहरूसँग यथाशीघ्र वार्ता गरेर समस्या समाधान गरियोस् । प्रमुख चाडबाडहरू नजिक छन् । सबैले सम्मानजनक जीवन बॉच्न पाउने व्यवस्था होस् ।’
ईःसँग वार्ता गर्न मंगलबार काठमाडौँ महानगरले वार्ता टोली गठन गरेको छ । ईःलगायतसँग उपमेयर सुनिता डंगोलले पनि आज बिहान भेट गरेकी छन् ।
ईः लगायत अभियन्ताहरू विगत ८ दिनदेखि राष्ट्रियसभा गृहअगाडि उभिएर आन्दोलन गरिरहेका छन् । उनीहरू काठमाडौँ महानगरले फुटपाथ व्यापारीलाई व्यापारका लागि निश्चित ठाउँ र समय दिएर व्यवस्थापन गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया