नागरिकका आधारभूत आवश्यकता पूर्ति गर्न सामूहिक प्रयासको खाँचो छ : मन्त्री भण्डारी
काठमाडाैँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले खानेपानी तथा सरसफाइजस्ता नागरिकका आधारभूत आवश्यकता पूर्ति गर्न सामूहिक प्रयासको खाँचो रहको बताएका छन् ।
मंगलबार खानेपानी मन्त्रालयले काठमाडौँमा आयोजना गरेको खानेपानी सरसफाइ तथा स्वच्छता संयुक्त क्षेत्रगत समीक्षासम्बन्धी सम्मेलनमा बोल्दै कार्यवाहक खानेपानीमन्त्री समेत रहेका भण्डारीले सरकार, निजी क्षेत्र र दातृ निकाय तथा समुदायको सामूहिक प्रयासबाट नै खानेपानी तथा सरसफाइजस्ता नागरिकका आधारभूत आवश्यकता पूर्ति गर्न सकिने बताएका हुन् ।
संविधानमा उल्लेख स्वच्छ तथा शुद्ध खानेपानी पाउने नागरिकको हक कार्यान्वयनमा सरकार सचेत रहेको उनकाे भनाइ छ ।
मन्त्री भण्डारीले अहिले खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरे पनि सचेतनाको अभावमा केही क्षेत्रमा कार्यान्वयनमा कमी देखिएकाले स्थानीय संघसंस्थाहरूले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
मन्त्री भण्डारीले दिगो विकास लक्ष्यसँग जोडिएको उक्त विषयलाई विशेष रूपमा लिएर काम गर्न सके समतामूलक समाज निर्माणमा सहयोग पुग्ने जिकिर समेत गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया