ईः अभियानप्रति नैनसिंह महरको ऐक्यबद्धता
काठमाडौँ- कांग्रेसका केन्द्रीय युवा सदस्य तथा बौद्धिक नेता नैनसिंह महरले जवाफदेहिताको माग गर्दै आठ दिनदेखि लगातार उभिइरहेका सामाजिक अभियन्ता ईः को अभियानमा ऐक्यबद्धता जनाएका छन् ।
१९९ घन्टा लगातार राष्ट्रिय सभागृहबाहिर निरन्तर उभिएर सहरका गरिब र सडक व्यवसायीको समस्या समाधानका लागि साथ दिन युवा नेता महर राष्ट्रिय सभागृह पुगेका हुन् ।
अभियन्ता ईःसँग भेट्दै नेता महरले फुटपाथमा रोजी–रोटीका लागि व्यापार गरिरहेका मानिसको व्यवस्थापन कसरी गर्ने भन्ने अहिलेको मुख्य सवाल रहेकाले यसमा स्थानीय सरकारदेखि केन्द्र सरकारसम्मको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताए ।
उनले आफू आबद्ध पार्टी कांग्रेसले पनि गम्भीरतापूर्वक फुटपाथ व्यवसायीको व्यवस्थापनका लागि पहलकदमी लिने बताए ।
ईःलाई भेटेर उनको माग सम्बोधन गराउन दबाब सिर्जना गर्न अहिले विभिन्न दलका नेता–कार्यकर्तादेखि अभियानकर्मीहरू राष्ट्रिय सभागृह पुग्ने क्रम जारी छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया