राजनीति

शताब्दी पुरुष डा.गौरीशंकरलाल दासलाई सरकारले सम्मान गर्नेछ : कार्यवाहक प्रधानमन्त्री खड्का

इकागज |
असोज ९, २०८० मंगलबार १७:२९ बजे

काठमाडौँ- कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले दिव्य शताब्दी पुरुष डा.गौरीशंकरलाल दासलाई सरकारले सम्मान गर्ने बताएका छन् ।​

मंगलबार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै उनले मुल परामर्श समितिसँग समन्वय गरी सम्मान गर्न मन्त्रिपरिषदबाट आवश्यक निर्णय गरिने बताए । सो कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले मन्त्रिपरिषदबाट उनको सम्मानमा आवश्यक निर्णय गर्ने प्रतिबद्धता जनाए । उनले राज्यको तर्फबाट दिने सम्मानका बारेमा सम्बन्धित मन्त्रालयले प्रक्रिया अघि बढाएको बताए । उनले निजी एवं पारिवारिक स्तरभन्दा माथि उठेर समग्र समाज र देशलाई नै आफ्नो सेवाले अतुलनीय योगदान दिएको बताए ।


उनले भने, ‘उहाँको सम्मानमा सरकारको तर्फबाट आयोजक समितिसँग परामर्श गरी उहाँलाई राज्यको तर्फबाट दिने सम्मानका बारेमा सम्बन्धित मन्त्रालयका मन्त्रीज्युले प्रक्रिया अघि बढाएको कुरा भनिसक्नुभएको छ । त्यसलाई हामी मुल परामर्श समितिसँग समन्वय गरेर मन्त्रिपरिषदको बैठकबाट आवश्यक निर्णय गर्ने पनि विश्वास दिलाउँछु । उहाँले निजी एवं पारिवारिक स्तरभन्दा माथि उठेर समग्र समाज र देशलाई नै आफ्नो सेवाले अतुलनीय योगदान दिनुभएको छ ।’

कार्यवाहक प्रधानमन्त्री खड्काले लोक कल्याणकारी कार्यमार्फत देश, जनता र समाजको हितका लागि अमूल्य योगदान दिएका विशिष्ट व्यक्तिहरूको अभिनन्दन गरी यथोचित सम्मान गर्ने नेपाली समाजको मौलिक परम्परा र संस्कृति रहेको बताए ।


Author

थप समाचार
x