राजनीति

इमान्दारिताका साथ काम गर्दा कुनै तन्त्रले केही फरक पार्दैन : मेयर साह

इकागज |
असोज ९, २०८० मंगलबार १७:४८ बजे

फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्वास्थ्यकर्मीहरूलाई देशभित्रै बस्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरेका छन् । मंगलबार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले डा. दासलाई झैँ सरकारले अन्य चिकित्सकहरूलाई पनि सुरक्षाको प्रत्याभूति दिलाई देशमै रहेर सय वर्ष बिताउनसक्ने वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले स्वास्थ्यकर्मीहरूको सुरक्षा गर्न देशमा कठिनाइ भइरहेको जिकिर गरे । उनले एउटा व्यक्तिले आफ्नो पेसा इमान्दारिताका साथ गर्ने हो भने कुनै तन्त्रले केही फरक नपर्ने बताए ।


मेयर साहले देशबाट स्वास्थ्यकर्मीहरू पलायन भइरहेको विषयमा केन्द्र सरकारको ध्यानाकर्षण गराए ।


Author

थप समाचार
x