अस्पतालका उपकरणहरूको नियमित अनुगमन गर्नुपर्छः सांसद बास्कोटा
फाइल तस्बिर
काठमाडौं– नेकपा(एमाले)का सांसद) गोकुलप्रसाद बास्कोटाले अस्पतालमा प्रयोग भएका उपकरणहरुको अनुगमन गर्नुपर्ने बताएका छन् ।
बुधबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद बास्कोटाले अस्पतालमा प्रयोग भएका उपकरणहरुको नियमित रुपमा अनुगमन गर्नुपर्ने बताएका हुन् । उनले अस्पतालले खरिद गर्ने तर प्रयोगको अवस्थाको बारेमा त्यति ध्यान नदिने भन्दै उपकरणहरुको अनुगमन आवश्यक भएको बताए ।
उनले सरकारी अस्पतालहरुले नै बिरामीको रोग पहिचानको नाममा बाहिरी अस्पतालहरुमा पठाउने गरेका कारण बिरामीहरु मर्कामा परेको सुनाए। उनले अस्पतालको उपकरणहरुको अवस्था सरकारले ध्यान दिनुपर्ने बताए ।
उनले चिनीमा पाउने सहुलियतमा समेत सिन्डिकेट भइरहेको भन्दै सो सिन्डिकेटलाई तोड्नुपर्ने जोड दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया