सूचनाको हक प्रजातन्त्रको अभिन्न अंग : सभामुख घिमिरे
फाइल फोटो
काठमाडौँ - प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सूचनाको हक प्रजातन्त्रको अभिन्न अंग रहेकाले यसलाई बलियो बनाउदै लैजानुपर्नेमा जोड दिएका छन् ।
सूचनाको हकका लागि राष्ट्रिय महाससंघले बिहीबार काठमाडौंमा आयोजना गरेको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै सभामुख घिमिरेले सार्वजनिक निकायलाई जनउत्तरदायि बनाउनका लागि सूचनाको हक महत्वपूर्ण र प्रजातन्त्रको अभिन्न अंग पनि रहेकाले यसलाई बलियो बनाउदै लैजानुपर्नेमा जोड दिएका हुन् । संविधानले व्यवस्था गरेको कुराहरुलाई कानूनी रुप दिनुपर्ने धेरै काम बाँकी रहेको अवस्थामा कानूनमा रहेका व्यवस्थालाई पनि सदूपयोग गराउन सूचनाको हक महत्वपूर्ण रहेको उनले बताए । त्यस्तै सभामुख घिमिरेले मुलुकलाई उन्नतीको दिशातर्फ उन्मुख गराउन सार्वजनिक निकायहरुले पारदर्शी ढंगले काम गर्नका लागि सूचनाको हकले प्रेरित गरेको जिकिर गरे ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सुशासनमा सूचनाको हकको महत्वपूर्ण भूमिका हुने भएकाले नागरिकलाई सचना दिनुपर्छ भन्ने सोच राज्य पक्षमा अझै बलियो हुन आवश्यक रहेको बताए । सो अवसरमा सूचना यात्रा पुस्तक बिमोचन गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया