राजनीति

एमाले बागमती अधिवेशन : केशवराज पाण्डेले फिर्ता लिए अध्यक्ष पदको उम्मेदवारी

इकागज |
असोज ११, २०८० बिहीबार १६:३१ बजे

काठमाडौं। नयाँ नेतृत्व चयनका लागि एमाले बागमती प्रदेशको अधिवेशन चलिरहेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ । जसअनुसार अध्यक्ष पदमा उम्मेदवारी दिएका केशवराज पाण्डेले आफ्नो उमेदवारी फिर्ता लिएका छन् । उनले उम्मेदवारी फिर्ता लिएसँगै अब चारजना अध्यक्ष पदका प्रत्यासी रहेका छन् । 

पाण्डेले अर्का प्रत्याशी कैलाश ढुंगेललाई समर्थन गर्नेगरी आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । 


न्युज कारखानाबाट
 


Author

थप समाचार
x