शासकीय मानसिकता परिवर्तन नभएसम्म संघीयता कार्यान्वयनमा समस्या छ : कार्यवाहक प्रम खड्का
काठमाडौँ- कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शासकीय मानसिकता परिवर्तन नभएसम्म संघीयताको सफल कार्यान्वयनमा समस्या हुने बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संघीयताको सफल कार्यान्वयनका लागि तीनवटै तहका सरकार र कर्मचारी संयन्त्रमा शासकीय मानसिकतामा परिवर्तन अपरिहार्य भएको बताए । उनले संघीयता कार्यान्वनय नभइकन जस्तोसुकै ऐन र नियम बनाए पनि धेरै परिणाम नदिने उल्लेख गरे ।
कार्यवाहक प्रधानमन्त्री खड्काले संघीय शासन प्रणालीअनुसारको अधिकार कार्यान्वनयको स्रोतको व्यवस्थापन, जिम्मेवारी लगायतमा ध्यान दिन जरुरी रहेको बताए । उनले सरकारले सङ्घीय कानुन निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया