राजनीति

आज १५ दिनपछि प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कँदै

इकागज |
असोज १३, २०८० शनिबार ७:५५ बजे

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कँदै छन् । 

अमेरिकामा राष्ट्र संघीय सभालाई सम्बोधन गरेर उत्तरी छिमेकी चिनको भ्रमणमा निस्केका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कन लागेका हुन । 


हिजो छेन्दुमा पाण्डा प्रजनन केन्द्रको निरीक्षण गरे पछि प्रधानमन्त्री प्रचण्डले साँझ भने चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्रीकाे सहभागीता रहेकाे थियो । सो अघि प्रधानमन्त्री प्रचण्डले तिब्बतस्थित मानसरोवर र कैलास पर्वत दर्शन गरेका प्रधानमन्त्री प्रचण्ड हिजाे मात्रै ल्हासा विमानस्थलबाट छेन्दु पुगेका हुन् । 

गत भदौं २० गते राष्ट्र संघीय सभालाई सम्बोधन गर्न अमेरिका गएका प्रधानमन्त्री प्रचण्ड गत शनिवार त्यताबाट सोझै उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्केका हुन । एसियाली खेलकुदको उदघाटनमा सहभागीसमेत भएका प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेटबार्ता गरेका थिए भने चिनियाँ समकक्षीसँग बेइजिङमा बार्ता गरेका थिए ।

उनी गत भदौं ३० गते अमेरिका प्रस्थान गरेका थिए, त्यसको १५ दिन पछि प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कन लागेका हुन् । 


Author

थप समाचार
x