राजनीति

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउन सरकार र एमाले सहमतिनजिक

इकागज |
असोज १४, २०८० आइतबार ११:५३ बजे

काठमाडौँ– सुन तस्करी प्रकरणमा छानबिनका लागि उच्च स्तरीय आयोग बनाउने विषयमा सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहमतिनजिक पुगेका छन् । आइतबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली सुन तस्करी प्रकरणमा जाँचबुझका लागि उच्च स्तरीय आयोग बनाउन सहमति नजिक पुगेका हुन् । 

एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले आजै आयोग बनाउनेगरी सहमति जुटेको बताए । ‘आज नै आयोग निर्माण हुनेगरी कार्यादेश तयार गर्ने सहमतिको नजिक पुगेका छौँ । छलफल चाहिँ जारी छ,’ उनले इकागजसँग भने, ‘आजको संसद बैठकमा प्रधानमन्त्रीले यस विषयमा बोल्नुहुनेछ ।’


गत भदौ ६ गते  सरकार र संसदमा प्रतिनिधित्व गर्ने ७ राजनीतिक दलबीच सुन तस्करी प्रकरणमा सिआइबीले अनुसन्धान सकेपछि असोज ५ गते आयोग बनाएर काम छानबिन आगाडि बढाउने सहमति भएको थियो । तर, दलहरुबीच सहमति हुन नसक्दा तोकिएको मितिमा आयोग बन्न सकेको थिएन । यसलाई लिएर एमालेले विरोध जनाएको थियो । उसले आयोग नबने आजका लागि बोलाइएको संसद्समेत चल्न नदिने चेतावनी दिएको थियो । 


Author

थप समाचार
x