राजनीति

प्रधानमन्त्रीको चीन भ्रमणमा महत्वपूर्ण विषयमा छलफल नै हुन सकेन : भट्टराई

इकागज |
असोज १४, २०८० आइतबार १७:१७ बजे

काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्रीको चीन भ्रमणमा महत्वपूर्ण विषयमा छलफल नै हुन नसकेको बताएका छन् ।

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले विआरआइ लगायतका सम्झौता कार्यान्वयनका महत्वपूर्ण विषयमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा छलफल नै हुन नसकेको बताएका हुन् । उनले नेपालप्रति चीनका कतिपय आशंकाहरूलाई पनि प्रधानमन्त्रीको भ्रमणले विश्वास दिलाउन नसकेको जिकिर गरे ।


अहिलेको विश्वपरिवेशको द्वन्द्वमा नेपाल फस्न नहुने र नेपालले पनि त्यही अनुसार देशहरूसँग सम्झौता गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले चीनले प्रकाशित गरेको नक्सामा प्रधानमन्त्रीले बोल्न नसक्नु उचित नभएको बताए । प्रधानमन्त्रीले आर्थिक र वातावरणसम्बन्धी मुद्दा उठाएको र राजनीतिक मुद्दामा अलि सजक भएको हो कि भन्ने महसुस भएको उनको भनाइ छ ।

त्यस्तै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले भ्रमणका बारेमा सदनमा जवाफ दिएपछि सांसदहरूको प्रश्न राख्न पाउनुपर्ने बताए । उनले अहिलेको संसद् सञ्चालन प्रभावकारी नदेखिएको टिप्पणी गरे ।


Author

थप समाचार
x