राजनीति

बिरामीको उपचारमा लागेका चिकित्सकको हस्पिटलपिच्छे पिटिने अवस्था छ : सांसद बस्नेत

इकागज |
असोज १६, २०८० मंगलबार १३:५२ बजे

काठमाडौँ– प्रतिनिधिसभा सांसद अम्बिका बस्नेतले बिरामीको उपचारमा लागेका चिकित्सकको हस्पिटलपिच्छे पिटिने अवस्था भएको बताएकी छिन् । 

मंगलबारकाे प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले त्यस्तो बताएकी हुन् । 


सांसद बस्नेतले भनिन्, ‘ देश डरलाग्दो स्थितीमा गएको अनुभव भएको छ । बिरामीको शुद्ध पेसामा लागेको चिकित्सक हस्पिटलपिच्छे पिटिने परिस्थिति देखिएको छ । आज पेशाकर्मीहरू सुरक्षा महसुस गरिरहेका छैनन् ।’

सांसद बस्नेतले प्रहरीहरूले पनि मुकदर्शक बसेर हेरिरहेको समेत आरोप लगाएकी छिन् । 

सांसद बस्नेतले शान्तिसुरक्षाको प्रत्याभूति कसले गर्ने हो भनेर सभामुखमार्फत सरकारलाई प्रश्न समेत गरेकी छिन् । 


Author

थप समाचार
x