राजनीति

गठबन्धन सरकार चरम अनुत्तरदायी र गैर जिम्मेवार भयो : ओली

इकागज |
असोज १६, २०८० मंगलबार १४:३६ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकार अनुत्तरदायी र गैर जिम्मेवार भएको बताएका छन् ।​

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान सरकार स्वेच्छाचारी, विकास विरोधी रहेको उल्लेख गरे । उनले अहिले विकासका कामलाई ठप्प पारिएको बताए । उनले काम सुरु गरिसकेका आयोजनालाई भुक्तानी नदिएको भन्दै भुक्तानी नदिएर भयावह स्थितिको सिर्जना भएको बताए ।


उनले भने, ‘नेपाली कांग्रेस नेतृत्वको गठबन्धन, त्यसपछि अहिलेको नेकपा (माओवादी केन्द्र) को नेतृत्वको गठबन्धन कस्ता देखिएका छन् तपाईंहरू हामी सबैलाई थाहा छ । भन्न मिल्नु, नमिल्नु, सक्नु, नसक्नु, बेग्लै कुरा हो । यी सरकारहरू चरम अनुत्तरदायी, गैर जिम्मेवार छ । स्वेच्छाचारी देखिएका छन्, विकास विरोधी देखिएका छन् । विकासका कामलाई ठप्प पारेका छन् । चलिरहेका आयोजनाहरू रोकिएका छन् । काम सुरु गरिसकेका आयोजनालाई भुक्तानी दिइएको छैन । भुक्तानी नदिएर भयावह स्थितिको सिर्जना भएको छ । उनीहरूले ऋण तिर्न सकेका छैनन् । दिनुपर्नेलाई आफूले सामान लिएकाहरूलाई, लगाएका कामहरूमा भुक्तानी दिन सकिएको छैन ।’

अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) को नेतृत्वको गठबन्धनले कुनै राम्रो काम गर्न नसकेको बताए । 


Author

थप समाचार
x