राजनीति

गृहमन्त्रीलाई ओलीको कटाक्ष–कुन विरोधी लागे तपाईंको सुशासन रोक्न ?

इकागज |
असोज १६, २०८० मंगलबार १५:५८ बजे

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई कटाक्ष गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले श्रेष्ठलाई सुशासन रोक्न कुन विरोधी लागेका हुन् भन्दै कटाक्ष गरेका हुन् ।

 ‘हिजो गृहमन्त्रीजीले हेटौंडामा गएर उधुमै खोक्नुभयो । सुशासन अभियान चलाएको र त्यसलाई रोक्न संगठित रूपमा विरोधीहरू लागेका छन् भन्नुभयो । कुन विरोधी लागे तपाईंको सुशासन अभियान रोक्न ?,’ उनले सोधे ।


उनले गृहमन्त्रीलाई सय किलाे सुन प्रकरण ढाकछोप गर्न लागेको आरोप पनि लगाए । ‘छानबिन समिति बनाऔं भन्दा एक महिनासम्म बनाउने नदिने, छानबिन गर्दा तपाईंको के बिग्रिन्थ्यो ?,’ उनले गृहमन्त्रीलाई सोधे, ‘तपाईं किन निष्पक्ष र स्वतत्र छानबिनसँग आत्तिनुभयो ?’

सरकारले सुशासन कायम गर्न निरन्तर लाग्नुपर्ने बताउँदै उनले भने,  ‘सुशासन भनेको सरकारको नियमित काम हो । सरकारले शान्ति सुरक्षा दिनुपर्छ, भ्रष्टाचार र घुस रोक्नुपर्छ ।’


Author

थप समाचार
x