समाजको कुसंस्कार बिस्तारै हट्दै छ : उपप्रधानमन्त्री खड्का
फाइल तस्बिर
काठमाडौँ- उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले श्रीमानको चाँडै मृत्यु भएपछि आफ्नो जीवन खुसीले बाँच्न पाउने महिलाको अधिकारलाई समाजले बिस्तारै स्वीकारेको बताएका छन् । मंगलबार ‘रातो टीकी’ गीत सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पूरा उमेर हुँदै आफ्नो पति गुमाउँदा बाँकी जीवनमा महिलाले पाउने दुःखका बारेमा भिडियोमा राम्रोसँग देखाइएको जिकिर गरे । उनले देशको पश्चिमी क्षेत्रमा अझै पनि संस्कार, संस्कृति, परम्पराका रूपमा यस्तो प्रचलन रहेको भन्दै समाजलाई बदल्न जरुरी रहेको बताए ।
कार्यक्रममा बोल्दै अभिनेता दीपकराज गिरीले गीत सामाजिक दायित्व बोकेको रहेको र कर्णाली र सुदूरपश्चिम प्रदेशमा शिक्षाको अभावका कारण जनचेतना कम पुगेको अवस्थामा गीतले थप सचेत बनाउने बताए । त्यस्तै अभिनेत्री दीपाश्री निरौलाले सामाजिक दायित्व बोकेर निस्किएको गीत धेरै नै राम्रो रहेको बताइन् ।
उनले गीत सामाजिक विषयवस्तुमा रहेकाले सबैले मन पराउनेमा आशावादी रहेको बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया