संविधानको भावनाअनुसार नै फागुन १ गते सार्वजनिक बिदा निर्णय गरिएको हो : ऊर्जामन्त्री बस्नेत
काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले फागुन १ गतेलाई सार्वजनिक बिदा दिने निर्णय संवैधानिक व्यवस्था अनुसार नै गरेको बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीको सशस्त्र युद्ध सुरु गरेको सो दिनलाई सरकारले सार्वजनिक बिदा दिएर संविधानको उल्लंघन गरेको बताएपछि उनले सो जवाफ दिएका हुन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री बस्नेतले संविधानको प्रस्तावनामा नै शहीद, बेपत्ता र पीडित नागरिकलाई सम्मान गर्ने कुरा उल्लेख गरिएकाले फागुन १ गते सार्वजनिक विदा दिने निर्णयलाई संविधानविपरीत भन्नु तर्कसम्मत नभएको जिकिर समेत गरे ।
उनले संविधानको भावना र अक्षरहरूलाई सम्मान नगर्ने हो भने मुलुक दुर्घटनामा फस्नसक्ने चेतावनी समेत दिए ।
मन्त्री बस्नेतले सरकारले संविधान अनुकूल हुने गरी कानुन निर्माणको कामलाई तीव्रता दिएको पनि बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया