राजनीति

संसद्‌मा ओलीको सम्बोधन आक्रोश बाहेक केही होइन : सांसद पौडेल

इकागज |
असोज १६, २०८० मंगलबार १९:४२ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का सचिव तथा सांसद देवेन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा गरेको सम्बोधनमा कुनै दृष्टिकोण नभएको बताएका छन् ।​

मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पौडेलले एमाले अध्यक्ष ओलीको सम्बोधनमा कुनै दृष्टिकोण नभएको बताएका हुन् । उनले ओली गणतन्त्र विरोधी भएको र आफूहरूले जनयुद्ध गरेकै कारण गणतन्त्र आएको भन्दै जनयुद्धको विरोध गर्नु उपयुक्त नहुने बताए । उनले ओलीले संसदमा देवदूतले जस्तो गरी उपदेश दिने गरेको भन्दै टिप्पणी गरे ।


ओलीले संसदीय गणितमा आफू अल्पमतमा परेको भावना मात्रै अभिव्यक्ति गर्ने गरेको उल्लेख गरे । उनले संसदमा ओलीको सम्बोधन आक्रोश बाहेक केही नभएको टिप्पणी गरे ।


Author

थप समाचार
x