सार्वजनिक खरिद ऐन विकास निर्माणका लागि सहज छैनः मन्त्री ज्वाला
फाइल फोटो
काठमाडौँ - भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन विकास, निर्माणका लागि सहज नभएको बताएका छन् ।
सरकारको प्रतिनिधि भएर पनि आफूले सो ऐनबारे आलोचना गर्नुपरेको उनको गुनासो थियो । बुधवार प्रतिनिधिसभा अन्तरगतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री ज्वालाले आफू अर्थ समितिमा रहेका बेला सो ऐन संशोधनका लागि दिएको सुझाव पनि कार्यान्वयनमा आउन नसकेको दाबी गरे । उनले सार्वजनिक खरिद ऐन विकास, निर्माणका लागि सहज नभएकाले नै आफूले सो ऐनको नयाँ ड्राफ्ट बनाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालसहितका सम्बन्धित निकायसँग छलफल गरी त्यसलाई अघि बढाउने काम गरेको बताए ।
मन्त्री ज्वालाले भने, ‘अब यो कानूनी समस्या पनि छ । म आफैँ सरकारको एउटा प्रतिनिधि हो । म आफैले पनि बोल्नुपरेको छ ठाउँठाउँमा । सार्वजनिक खरिद ऐन चाहीँ वास्तवमा जो अहिले हामी त्यसबाट रुल गरिरहेका छौं । त्यो विकास निर्माणको निम्ति सहज छैन । म आफैँ अर्थ समितिमा हुँदाखेरी त्यो ऐन संशोधनका लागि तीन महिना त हामीले अध्ययन ग¥यौं । र, त्यसलाई सुधार गर्नका निम्ति सुझाव पनि दियौं । त्यो विधेयक हाम्रो समितिमा आएन, अर्कै समितिमा गयो । हाम्रा सुझाव काम लागेन । आज पनि यो विषयमा सम्माननीय प्रधानमन्त्रीज्युसँग । र, यसको नयाँ नै ड्राफ्ट गर्ने । पुरानोलाई डेन्टिङ, पेन्टिङ गर्नेतिर हामी जाँदैनौं । त्यो समग्रमै नयाँ सार्वजनिक खरिद ऐन ल्याउने गरी सरकारले छिटोभन्दा छिटो काम अगाडि बढाईरहेको छ । म यो जानकारी गराउन चाहन्छु ।’
मन्त्री ज्वालाले सार्वजनिक खरिद ऐन सम्बन्धि पूरानो विधेयक संशोधन गर्ने भन्दा पनि सरकारले नयाँ विधेयक बनाएर संसदमा छिटो पेश गर्ने तयारी गरिरहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया