सबै कुराको मूल्य बढेको छ, सरकारप्रतिको भरोसा र लोकप्रियता मात्र बढेको छैन : पौडेल
काठमाडौँ– सत्तासीन दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकार मूल्यवृद्धि नियन्त्रणमा गम्भीर हुनुपर्ने बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बोल्दै पौडेलले अहिले सबै चिजको मूल्यवृद्धि भइरहे पनि सरकार गम्भीर नभएको बताए ।
सरकारले आर्थिक वर्षमा मूल्यवृद्धि ७ प्रतिशतभन्दा बढी नहुने भने पनि १४ प्रतिशत भन्दा बढी वृद्धि भइसकेको उनले बताए । कतिपय वस्तुमा त ४५ प्रतिशतसम्म मूल्यवृद्धि भएको उनको जिकिर छ ।
‘यतिबेला सबै चिजको मूल्य बढेको छ,सरकारप्रतिको भरोसा र लोकप्रियता मात्रै नबढेको स्थिति हो,’ उनले भने, ‘त्यसकारण म सरकारलाई अनुरोध गर्छु– देखावटी रूपमा अनुगमन गर्ने होइन, मूल्यवृद्धि, कालोबजारी र कृत्रिम अभाव सिर्जना नहुने गरी सरकारले आफ्नो उपस्थिति देखाओस् ।’
अहिले मुलुक आर्थिक मन्दीले थलिएको उनको भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया