राजनीति

वीर अस्पतालमा उपचारका लागि माननीय र सम्माननीयको ताँती लागेको छ : स्वास्थ्यमन्त्री बस्नेत

इकागज |
असोज १८, २०८० बिहीबार १८:५ बजे

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा विशिष्ट र अतिविशिष्ट व्यक्तित्व उपचारका लागि आउने क्रम बढेको बताएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को चौथो दीक्षान्त समारोहमा स्वास्थ्यमन्त्री बस्नेतले वीर अस्पतालमा उपचारका लागि माननीय र सम्माननीयको ताँती लागेको बताए । उनले वीरमा भीआईपी र भिभिआईपीको उपचारका लागि १७ जना स्वास्थ्यकर्मी छुट्याइएको उल्लेख गरे ।


मन्त्री बस्नेतले आधारभूत स्वास्थ्य सेवा गरिब, विपन्नहरूका लागि निःशुल्क बनाउन आफू लागि परेको बताए । मन्त्री बस्नेतले डाक्टर, पारामेडिक्स र नर्सिङको क्षेत्रमा ठूलो जनशक्ति अभाव भइरहेको भन्दै दरबन्दी सृजना गरेर जाने सहमति भइसकेको बताए ।

अहिले देखिएको जनशक्ति अभावको अन्योल चाँडै समाधान हुने बताए । उनले दीक्षित भएकाहरू राष्ट्रको भविष्य र गरिमा भएको बताए । 

 


Author

थप समाचार
x