राजनीति

डा. भट्टराई नेतृत्वको नेसपाको महाधिवेशन आगामी वैशाखमा

इकागज |
असोज १९, २०८० शुक्रबार ११:१४ बजे

काठमाडौँ– डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले आगामी वैशाखमा पहिलो महाधिवेशन गर्ने भएको छ । यही असोज १५ देखि १७ गतेसम्म नेसपाको काठमाडौँमा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले महाधिवेशनको टुंगो लगाएको हो ।

बैठकले गरेका निर्णयबारे जानकारी दिन जारी गरिएको प्रेस नोटमा भनिएको छ, ‘बैठकले नेपाल समाजवादी पार्टीले गत साउन १ गतेबाट सुरु गरेको छ महिने पार्टी निर्माण तथा विस्तार अभियानको मध्यावधि समीक्षा गर्दै अभियानलाई अझै प्रभावकारी ढंगले सञ्चालन गर्ने निर्णय गरेको छ । साथै पार्टीको प्रथम महाधिवेशन आगामी वैशाख महिनामा भव्यताका साथ सम्पन्न गर्ने र त्यसको तयारीका लागि आगामी मंसिर ६ र ७ गते केन्द्रीय समितिको बैठक काठमाडौंमा गर्ने निर्णय गरेको छ ।’


यस्तै, उक्त बैठकले महाधिवेशनअगाडि विधान अधिवेशनका लागि विधान मस्यौदा बनाउने जिम्मेवारी केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा अधिवक्ता कृष्ण शर्मालाई दिएको छ । शर्माको संयोजकत्वमा मस्यौदा समिति गठन गरिएको छ । 


Author

थप समाचार
x