लोकतन्त्र अझै पूर्ण रूपमा संस्थागत हुन सकेको छैन : मन्त्री महत
फाइल तस्बिर
काठमाडौँ- अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले लोकतन्त्र पूर्ण रूपमा संस्थागत हुन नसकेको बताएका छन् ।
शुक्रबार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उन लोकतन्त्रको विपक्षमा अझै मानिसहरू लागिरहेको बताए । उनले कांग्रेस काम छैन हामी गर्छौं भन्नेहरू अफ्ठ्यारोको सामना गर्नुपर्यो भने गायब हुने बताए । उनले नेपाली कांग्रेस ठूलो परिवार भएकाले समस्या भए पनि बिस्तारै समाधान हुने बताए । उनले नेपाली कांग्रेसको सान्दर्भिकता अझै नसकिएको बताए ।
मन्त्री महतले गौरवका साथ हामी नेपाली काँग्रेस हौँ भन्ने सक्नुपर्ने बताए । अहिलेको सरकारको विकल्प खोज्ने कुरा गर्नु फेरि अस्थिरतातर्फ लैजानु भएको उनले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया