सुन तस्करीको अभियोग लागेकालाई थुनामा राख्न आदेश
काठमाडौँ- जिल्ला अदालत काठमाडौँले ६१ किलो सुन तस्करी गरेको आरोपमा पक्राउ परेका २५ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले आज उक्त प्रकरणमा २५ जनालाई थुनामा पठाउने र रुक्मिना सुब्बालाई रु पाँच लाख धरौटी लिएर छाड्न आदेश दिएको हो ।
सुन तस्करीमा संलग्न रहेको अरोपमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) २९ जनामाथि मुद्दा चलाउन सिफारिस गरेको थियो भने सरकारी वकिलको कार्यालयले निजहरूविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया