संघीय लोकतान्त्रिक व्यवस्थामाथि प्रश्न उठाउने प्रयत्न भयाे : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले संघीय लोकतान्त्रिक व्यवस्थामाथि प्रश्न उठाउने प्रयत्न भइरहेको बताएका छन् ।
शनिबार काठमाडौँमा स्थानीय सरकार अपेक्षा र अवस्था नामक पुस्तक लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको अधिकार घरगाँउमा पुर्याउने उद्देश्यका साथ संघीय लोकतान्त्रिक व्यवस्था आए पनि त्यसमा प्रश्न उठाउने प्रयत्न भइरहेको बताएका हुन् । स्थानीय सरकारलाई थप जनमुखी बनाएर व्यवहारबाट संघीयतामाथिको प्रतिक्रान्तिकारी सोच पराजित गर्न जरुरी रहेको उनको भनाइ छ ।
राज्यमाथि जनताको नियन्त्रण र निगरानी तथा हस्तक्षेप बढाउन सके संघीय लोकतान्त्रिक व्यवस्था बलियो हुने उनले बताए । प्रधानमन्त्री प्रचण्डले संघीयता सम्बन्धी संविधानमा उल्लेख व्यवस्था पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा विभिन्न आशंका पैदा हुने अवस्था आएको जिकिर गरे । लामो संघर्षपछि प्राप्त उपलब्धिलाई जनताको हितमा इमानदारीका साथ लागू गरेको छ कि छैन भनेर समीक्षा गर्ने बेला आएको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले जनतामा सकारात्मक परिवर्तनको महसुस नहुँदासम्म संघीय व्यवस्थाको औचित्य पुष्टि हुन नसक्ने धारणा राखे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया